Categories समाचार

भोलिदेखि आचारसंहिता लागू, भोज भतेर गर्न नपाइने

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुने भएको छ। भदौ १३ गते नै राजपत्रमा प्रकाशित आचारसंहिता मंगलबारदेखि कार्यान्वयनमा आउने निर्वाचन आयोगले जनाएको छ।  

आचारसंहितामा राजनीतिक दल, नेता-कार्यकर्ता, उम्मेदवार, सञ्चार संस्था, सुरक्षाकर्मी, विभिन्न पेसाकर्मीहरुलाई पालना गर्नुपर्ने विषयहरु बुँदागतरुपमा उल्लेख छ।

Advertisement

राजनीतिक दल वा उम्मेदवारको हकमा जुलुस वा आमसभा गर्दा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो, स्टीकर वा अन्य कुनै पनि किसिमको चिज बोक्न बन्देज गरिएको छ। राजनीति दलको पहिचान खुलाइएको विवरण भने वितरण गर्न सकिने आचारसंहितामा उल्लेख छ। 

Advertisement

एकभन्दा बढी राजनीतिक दल वा उम्मेदवारले एकै दिन एकै समयमा कुनै एक स्थानमा कार्यक्रम वा सभा नगर्न आचारसिंहतामा उल्लेख छ।  

प्रचार प्रसारको समयमा १२ घन्टाका लागि तोकिएको छ। बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र प्रचारप्रासर गर्नुपर्ने आचारसंहितामा भनिएको छ। निर्वाचनको प्रचार प्रसार वा जुलुजमा बालबालिकाको प्रयोगमा बन्देज लगाइएको छ। 

त्यस्तै मनोनयन गर्न जाँदा २५ जनाभन्दा धेरै उपस्थित नहुन आचारसंहितामा उल्लेख छ। अनलाइन वेव पेज, टिभी, स्क्रोलिङ, डीस्प्ले आदिमा उम्मेदवारको प्रचार प्रसार गर्न पाइने छैन। तर पार्टी वा उम्मेदवारको आधिकारिक वेवपेजमा भने त्यस्तो सामग्री राख्न सकिने आचारसंहितामा उल्लेख छ। 

त्यस्तो कसेको भावनामा ठेस पुग्ने किसिमका प्रचार प्रसार गर्न पाइने छैन भने धर्मका नाममा पनि कुनै प्रचार गर्न पाइने छैन। निर्वाचनमा विजयी भएको उम्मेदवारले कुनै प्रकारको भोज भतेर वा नगर जिन्सी वितरणसमेत गर्न नपाइने आचारसंहितामा उल्लेख छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *