Categories शिक्षा समाचार

जुनियर विधार्थीलाई र्‍यागिङ गर्ने ७ जना १ वर्षका लागि कलेजबाट निष्कासन

वीरगन्ज । जुनियर विद्यार्थी माथि र्‍यागिङ गरेको भन्दै वीरगन्ज स्थित नेसनल मेडिकल कलेजले सात जना विद्यार्थीलाई एक वर्षका लागि कलेजबाट निष्कासित गरेको छ।

नेसनल मेडिकल कलेज प्रशासनले छात्रवासमा जुनियर विधार्थीलाई र्‍यागिङ गर्ने ७ जना सिनियर विधार्थीलाई असोज ९ गतेदेखि १ वर्षका लागि कलेजबाट निष्कासन गरेको जनाएको छ।

Advertisement

नेसनल मेडिकल कलेजका प्रिन्सिपल प्राध्यापक डाक्टर केएन सिंहले सात जनाको नाम सार्वजनिक गर्दै निष्कासन गरेको सूचना निकालेका छन्।

Advertisement

एक वर्षका लागि निष्कासित हुनेमा सागर कुमार साह, प्रसोसन चौधरी, उमर देवान, बिनीत कुमार गुप्ता, मनोहर महासेठ, सुमन सुब्बा र अभिषेक यादव रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *