Categories समाचार

सल्यानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु

Advertisement

सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । जीप बुधबार बिहान २ बजेतिर दुर्घटनामा परेको हो । बाँकेबाट छुटेको उक्त जीप सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकैको मूलपानी भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ८ जनाको मृत्यु भएको पुष्टि भएपनि उनीहरुको पहिचान भने खुलेको छैन ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका एक जनालाई उपचारको लागि दाङ लगिएको प्रहरीको भनाइ छ ।

Advertisement

जीप सडकदेखि करिब दुई सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *