Categories अर्थ समाचार

वीरगंज महानगरले दुई महीनामा १२ करोड चार लाख राजस्व उठायो

Advertisement

पर्सा । वीरगंज महानगरपालिकाको कार्यालयले चालू आव २०७८/७९ को दुई महीनामा १२ करोड चार लाख ४७ हजार राजस्व सङ्कलन गरेको छ ।

वीरगंज महानगरको राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालू आवको साउन १ देखि असोज १० गतेसम्म महानगरपालिकाले १२ करोड चार लाख ४७ हजार विभिन्न शीर्षकमा राजस्व सङ्कलन गरेको बताए । यो रकम गत वर्षको सोही अवधिभन्दा लगभग पौने तीन करोड बढी रहेको उनले जानकारी गराएका छन् ।

Advertisement

आव २०७८/७९ मा साउन १ देखि असोज १० गतेसम्म नौ करोड ३६ लाख नौ हजार राजस्व सङ्कलन भएको थियो । उनले यस आवमा महानगरपालिकाले सम्पत्तिकर घटाएको र छ महीनाको अवधिमा राजस्व बुझाउनेहरूलाई छुट दिने योजना ल्याए पनि राजस्वमा वृद्धि भएको बताए ।

Advertisement

महानगरले यसअघि १० लाखसम्मको सम्पत्ति भएकासँग रु दुई सय, २० लाखसम्मका लागि रु पाँच सय लिने गरेकामा यसपटक २० लाखसम्म रु तीन सय राजस्व कायम भएको र सोही अनुरूप अन्य वर्गका करदाताहरूको पनि वर्गीकरण गरिएको बताए । उनले अहिलेको कर गरीबलक्षित रहेको जानकारी गराए । थोरै सम्पत्ति हुनेहरूलाई करको दायरा थोरै गरिएको र उनीहरूमध्ये ठूला करदाताहरूलाई कम मात्र छुट भएको बताए । महानगरले पुस मसान्तसम्म सम्पत्तिकर, व्यवसायकर बुझाउनेलाई छुटको व्यवस्था गरेको बताएका छन् ।

महानगरले साउन १ देखि असोज १० गतेसम्म सम्पत्तिकरबाट चार करोड १५ लाख ३६ हजार, भूमिकरबाट २८ लाख ६८ हजार, घरबहालकरबाट एक करोड ४६ लाख १४ हजार, साना सवारीकरबाट सात लाख ८९ हजार, विज्ञापनकरबाट १७ लाख ८८ हजार, व्यवसाय रजिस्टे«शन दस्तुरबाट ६८ लाख ५७ हजार, सरकारी सम्पत्ति बहालबाट ६८ लाख ३७ हजार, अन्य सेवा शुल्कबाट ९५ लाख ८६ हजार, नक्शापासबाट ६७ लाख ५३ हजार, सिफारिश दस्तुरबाट ३६ लाख ३४ हजार, व्यक्तिगत घटना दर्ताबाट आठ लाख ६४ हजार, नाता प्रमाणितबाट तीन लाख १६ हजार राजस्व सङ्कलन भएको बताए ।

राजस्व महाशाखा प्रमुख कर्णले महानगरपालिकाले एक हजार दस्तुरको कर वडा कार्यालयमा बुझाउन सकिने व्यवस्था गरिएको बताए । यसैगरी, महानगरपालिकाले ईबैंकिङमार्फत राजस्व बुझाउने व्यवस्था पनि गरिरहेको बताएका छन् । उनले यस कार्यको परीक्षण भइरहेको र अविलम्ब यो सेवा उपलब्ध गराउने बताए । महानगरमा तिर्ने करका लागि अब कार्यालय धाउनुपर्दैन, उनले भने ।

यसैगरी, राजस्व बुझाउन आउनेहरूका लागि वातानुकूलित कक्ष तयार गरिएको जसमा करदाताहरूलाई बस्ने ठाउँ र निश्शुल्क वाइफाईको व्यवस्था गरिएको बताए । प्रतीक दैनिक

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *