Categories समाचार

नेपाल निजामती कर्मचारी संगठन पर्साद्वारा शुभकामना आदान प्रदान

Advertisement

वीरगंज । नेपाल निजामती कर्मचारी संगठन पर्साको आयोजनामा बुधबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरीको सभापतित्व र नेकपा एमाले पार्टीका केन्द्रिय सदस्य एवंम पर्सा इञ्चार्ज प्रभु हजाराकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमममा हिन्दुहरुकाे महान चाँड विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान गरिएकाे थियाे ।

Advertisement

नेपाल निजामती कर्मचारी संगठन पर्साको सभाकक्षमा भएको कार्यक्रममा विशिष्ठ अतिथि नेकपा एमाले पार्टीका केन्द्रिय सदस्य एवंम पर्सा सह ईन्चार्ज अरविन्द सिंह , पेशागत महासंघ नेपालका निवर्तमान उपसचिव सन्तोष सिंह , अधिकारिक ट्रेड युनियनका निवर्तमान अध्यक्ष सुबेदार यादव , शिक्षक महासंघ पर्सा सचिव विनोद गिरी , नेपाल निजामती कर्मचारी युनियन पर्सा उपाध्यक्ष धीरेन्द्र सिंह , नेकपा एमाले पार्टीका पर्सा उपसचिव संजिव मिश्रा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन मनोज साहले गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *