वीरगन्ज । दसैँको पहिलो दिन जस्तै सप्तमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यतानुसार तराई मधेशमा फूलपातीकै दिन दुर्गा भवानीलाई खोईच भर्ने परम्पराको पनि आफ्नै विशिष्ट महत्व रही आएको छ ।

खासगरी सप्तमीदेखी दशमीसम्म वीरगंजको माईस्थान मन्दिर ,विन्दवासिनी , विर्ता मन्दिर ,बाराको गढीमाई मन्दिर लगायतका शतिmपिठहरुमा भक्तालुहरुको खोईच भर्नका लागि घुँईचो लागि रहेको छ ।

खोईच भर्ने दिन उपवास बसेर विभिन्न मिष्ठान्न र सामाग्री देवीलाई अर्पण गर्ने चलन रहेको बीरगंज ब्रहम्चोककी सन्जु देवीले बताईन् । सप्तमीको खोईच भर्ने दिन नया साडी रातो कपडा , पानको पात , सुपारी , ल्वाङ्घ , ईलाईची , ठेकुवा , मिठाई , पुडी लगायतका सामाग्री तैयार गरी पुरै श्रींगारको सामाग्री समेत देवीलाई चढाईन्छ ।

घटस्थापनाको दिनदेखी पुजा अर्चना गर्ने तथा नवरात्रको उपवास बस्ने महिलाहरुले कुनै सृंगार नगरी सादा बस्ने र सप्तमीको दिन खोईच भरन संगै मातालाई सिन्दुर चढाएपछि मात्रै आफु पनि सृंगार गर्ने चलन रहेको संस्कृतीविद उमाशंकर दिवेदीले बताए ।
यसका साथै भाकल पुरा भएका महिलाहरुले पनि अनिवार्य रुपमा खोईच गर्ने गरेको उनले भने ।

पछिल्लो समयमा मधेशी समुदायका महिला मात्रै नभई अन्य समुदायका ,पहाडी समुदायका महिलाहरुले पनि खोईच भर्न थालेको महिलाहरु बताउँछन् ।











