Categories समाचार

परिवर्तन नेपाल फाउण्डेशनद्वारा श्रद्धालु भक्तजनमा शरबत वितरण

पर्सा । फूलपातीको अवसरमा परिवर्तन नेपाल फाउण्डेशनद्वारा राधेमाई मन्दिर प्रागणमा श्रद्धालु भक्तजनलाई शरबत वितरण गरिएको छ ।

चर्को घाम र गर्मीलाइ मध्यनजर गर्दै मन्दिरमा पुजापाठ गर्न आउने भक्तजनलाइ राहत होस भन्दै फाउण्डेशनद्वारा नि:शुल्क शरबत वितरण कार्यक्रम गरिएको संस्थाका कोषाध्यक्ष सुशील पटेलले बताए ।

Advertisement

संस्थाका अध्यक्ष रणधिर बर्णवालको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाका उपाध्यक्ष नेहा साह, सचिव बिशेष साह, कोषाध्यक्ष सुशील पटेल, स-सचिव संजीत बर्णवाल, संचालन प्रमुख अतुल पटेल, ब्यवस्थापन प्रमुख सोनू पटेल, क़ानूनी शल्लाहकार अनिल साह, सदस्यमा कुसुम चौहान, बालेश्वर ज़ैसवाल, राजन साह लगायतको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको संस्थाका सचिव बिशेष साहले जानकारी गराए।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *