Categories धर्म/संस्कृति

गहवामाई मन्दिरमा बलि चढाउने र पूजाअर्चना गर्नेको भीड (फोटोफिचर)

Advertisement

पर्सा । वीरगन्जको ऐतिहासिक गहवामाई मन्दिरमा आज महाअष्टमीका दिन बिहान सबेरैदेखि पशुपक्षीको बलि चढाउने र पूजाअर्चनाका लागि भक्तजनको भीड लागेको छ ।

गहवामाई मन्दिरका मूल पुजारीले आइतबार मध्यरातमा धार्मिक परम्परा र विधिअनुसार पूजाआर्चना गरेर पञ्चबलि दिइसकेपछि मात्र श्रद्धालुहरूले भाकल गरेको पशुपक्षीको बलि दिने कार्य बिहानदेखि सुरु भएको हो ।

Advertisement

गहवामाई मन्दिरमा बलि चढाउने, महिलाले देवी दुर्गा भवानीको ‘खोइछ’ (पोल्टा) भर्ने र पूजाअर्चनाका लागि भक्तजनको भीड बिहान सबेरैदेखि लागेको छ ।

Advertisement

मन्दिर वरिपरि गुन्जिन थालेको परम्परागत मौलिक सांस्कृतिक बाजा र पसल थापेर व्यवसाय गर्नेहरूको भीडले चारैतिर गहवामाई मेलाको रौनक छाएको छ ।

यस मेलामा माईको मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनको हातमा प्रसाद स्वरूप नरिवल, लड्डु र फूलमालासँगै माईलाई ओढाउने चुन्दरी लिएर दर्शनका लागि लामबद्ध भएर उभिएको दृश्य आकर्षक देखिन्छ । गहवामाई मन्दिरमा बलि चढाउदा मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *