Categories समाचार स्वास्थ्य

सोनार समाज र युवा अभियानको संयुक्त आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर आयोजना

श्याम सरार्फ
वीरगन्ज । नेपाल सोनार समाज पर्सा र सोनार युवा अभियान पर्साले  संयुक्त रुपमा नि:शुल्क स्वास्थ शिविर सञ्चालन गरेको छ ।

पर्सा जिल्लाको प्रमुख शक्तिपीठ गहवा माइको मेलामा पछिल्लो वर्षहरुमा आफ्नो सामाजिक उत्तरदायित्व पुरा गर्दै आएको समाजले यस वर्षपनि हुने भिडलाइ मध्य नजर गर्दै शिविर सञ्चालन गरि अचानक स्वास्थ्यमा आएको समस्या तत्काल समाधानका लागि चिकित्सक र नि:शुल्क औषधीको व्यवस्था गराएको छ ।

Advertisement

गहवा माईको मेलामा आउने श्रद्धालु भक्तजनको स्वास्थ्यलाइ ध्यानमा राखी स्वास्थ शिविर सञ्चालन गरिएको युवा अभियानका अध्यक्ष राजकुमार सरार्फले जानकारी गराए ।

Advertisement

बडा दशै , शुभदिपावली तथा छठको आवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सहित गाउँ गाउँ बाट आउने भक्तजनलाई निशुल्क स्वास्थ्य सेवा दिदै यस्तो चर्को घाम, गर्मी र भिडभाडका बिच कसैलाइ अचानक परेको स्वास्थ समस्यालाई समाधान गर्न पाउदा ज्यादै खुसी लागेको अभियानका कोषाध्यक्ष हरिओम सरार्फले बताए ।

वीरगन्जको मेनरोड महाबिर स्थान अगाडि गरिएको शिविरमा समाजका वरिष्ठ सल्लाहकार निरज कुमार सरार्फ, अध्यक्ष भुलन सरार्फ, प्रवेश सरार्फ, बैजुलाल सवर्णकार, ओमप्रकाश सरार्फ, जलेश्वर सरार्फ र अभियानका अध्यक्ष सरार्फ, सोनालाल सरार्फ, रमेश सरार्फ, हरिओम सरार्फ लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *