वीरगन्ज । विजया दशमीको उपलक्ष्यमा पर्साको प्रसिद्ध गहवा माइको मेलामा आउने दर्शनार्थीका लागि विभिन्न ठाउँमा विभिन्न संस्था र व्यक्तिले आफ्नो इक्क्षा अनुसारको व्यवस्था गरेको देखिन्छ ।
पछिल्लो वर्षहरुमा मेलामा आउनेहरुको लागि जलपान सेवा दिदै आएको श्री राजेश्वरी बचत तथा ऋण सहकारी संस्थाले
यश वर्ष पनि सेवालाई निरन्तरता दिएको छ ।

ममतामयी माता तारा देवी प्रजापति संस्मरणमा संस्थाले वीरगन्ज वडा नम्बर ०६ मेनरोडमा स्टल लगाइ मेलामा आउने भक्तजनहरुलाइ जलपान ( भुजा चना ) गराएको छ ।
सहयोगी संस्था पहिलो पाईला नेपाल वीरगन्ज शाखाका अध्यक्ष निश्चल प्रजापतीको सभापतित्वमा गरिएको सो कार्यक्रममा हजारौं भन्दा बढी भक्तजनहरुले सेवा लिएको प्रजापतिले बताए ।








