Categories अर्थ समाचार

प्रतिबन्धित भारतीय नोट सहित तिनजना महिला पक्राउ

Advertisement

पर्सा । पर्सा प्रहरीले प्रतिबन्धित भारतीय नोट सहित तिनजना महिला पक्राउ गरेको छ ।

अवैध भारतीय प्रतिबन्धित मुद्रा नेपालको वीरगञ्ज सिमानाका हुदै भित्राउँदै गरेको सूचनाको आधारमा शनिबार बिहान अंदाजी ०९;३० बजे वडा प्रहरी कार्यालय बिर्ता तथा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डमा ति महिलाहरूलाई पक्राउ गरेको हो ।

Advertisement

सवारी साधन तथा पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा भारत रक्सौल देखि बिरगंज तर्फ आउँदै गरेकी जिल्ला नुवाकोट साविक गा.वि.स. शिखरवेसी वडा नं.७ बस्ने भुलपेन तामाङ्गको छोरी अंदाजी ४५ वर्षकी अनिता तामाङ्ग र निजको साथमा आएकी जिल्ला धादिङ्ग गाउँको नाम थाहा नभएकी जित बहादुर तामाङ्गको छोरी ३० वर्षकी मन्जु तामाङ्गले बोकी ल्याएको झोला तथा निजको शरिरको तलाशी लिदाँ निजहरु मध्येका अनिता तामाङ्गको साथबाट प्रतिबन्धित भारतीय नोट फेला परेको बिर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले बताए ।

Advertisement

भारतिय रु.२०००।– (दुई हजार) को नोट थान–५५, रु.५०० को नोट थान–५३८०।– (पाँच हजार तिन सय असी) गरी जम्मा भारतिय रुपैया रु.२८,००,०००।– (अठाईस लाख), निजको साथमा आएकी मन्जु तामाङ्गको साथबाट भारतीय रु.५००।– (पाँच सय) को नोट थान–११२ (एक सय बाह्र) गरी जम्मा भरतिय रु.५६,०००।– (छपन्न हजार) गरी स्रोत नखुलेको नगद भारतिय जम्मा रुपैया रु.२८,५६,०००।– (अठाईस लाख छपन्न हजार) फेला परेको र निजहरूसंगै भारतबाट आएका जिल्ला नुवाकोट शिख्रा वेशी वडा नं.७ बस्ने वर्ष ४४ की सरिता अग्रवाल समेतको उक्त प्रतिबन्धित नोटहरू ल्याउने कार्यमा सलंग्नता देखिएको हुँदा निजहरूलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *