Categories राजनीति समाचार

बाघी उम्मेदवारी फिर्ता लिन जसपा-एमाले गठबन्धनको आग्रह, नगरे कारवाहीको चेतावनी

Advertisement

वीरगञ्ज । गठबन्धनको निर्णय विपरित बाघी उम्मेदवारी दिएकाहरुलाई जसपा-एमाले गठबन्धनले उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । 

वृहत लक्ष्यका साथ चुनावी गठबन्धन गरेको जसपा-एमाले बागी उम्मेदवारी दिएका जुनसुकै नेताले तोकिएको समयभित्र उम्मेदवारी फिर्ता नलिएमा कारवाही गर्ने चेतावनीसमेत दिएको छ ।

Advertisement

सोमबार वीरगञ्जमा बसेको जसपा-एमालेको बैठकले पार्टीबाट बाघी भई उम्मेदवारी दिनेहरुलाई आ-आफ्नो उम्मेदवारी फिर्ता लिन लगाउने र नलिएका खण्डमा कारवाही गर्ने निर्णय गरेको हो ।

Advertisement

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता गराउने क्रममा जसपा र एमालेका केही नेताहरुले बाघी उम्मेदवारी दर्ता गराएका छन् । 

वन तथा वातावरणमन्त्री प्रदीप यादवले गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका सबैलाई मङ्गलबारसम्म फिर्ता लिन आग्रह गरिएको जानकारी दिए ।  उनले भने, ‘केही साथीहरूलाई चित्त नबुझेको अथवा तलमाथि भएको भन्ने परेको हुन सक्छ, उहाँहरूलाई कहीँ न कहीँ व्यवस्थापन गर्ने विषयमा दुवै पार्टीले सोचेको छ । पार्टीको सिपाही भएका नाताले उहाँहरूले उम्मेदवारी फिर्ता लिनुहुन्छ र गठबन्धनका साझा उम्मेदवारहरुलाई निर्वाचित गराउन लाग्नु हुन्छ भन्ने विश्वास लिएका छौँ ।’

त्यस्तै बैठकले गठबन्धनका संयुक्त उम्मेदवारहरुलाई जिताउनका निमित्त एउटा दुवै पार्टीका जिल्ला अध्यक्षको संयुक्त संयोजकत्वमा एउटा निर्देशन समिति पनि गठन गरेको छ । समितिमा जसपाको तर्फबाट बालकिशोर यादव, रामनरेश यादव, निरञ्‍जन साह सोनार (अजय), नेक मोहम्मद मियाँ, तबरेज अहमद, इश्वरचन्द्र यादव रहेका छन् भने नेकपा एमालेको तर्फबाट प्रभु हजरा, निर्मला देवकोटा, प्रद्युमन चौहान, जयप्रकाश थारु र मनोज गुप्ता रहेका छन् ।

बैठकले जसपा र एमाले पार्टीका संयुक्त उम्मेदवारहरुलाई जिताउनका निमित्त जिल्लासँगै स्थानीय स्तरसम्ममा संयुक्त निर्वाचन परिचालन समिति गठन गर्न र पार्टीको निर्णय विपरित गतिविधि गर्ने दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आवश्यकता अनुसार सचेत गराउने निर्णय पनि गरेको छ । सचेत गराउँदासमेत गठबन्धन विपरित गतिविधि गरेको पाइएमा कारवाहीको प्रक्रिया अगाडि बढाउने बैठकले निर्णय भएको वनमन्त्री यादवले बताए । 

बैठकमा नेपाल सरकारका वन तथा वातावरणमन्त्रि तथा जसपाका केन्द्रीय राजनीतिक समिति सदस्य प्रदीप यादव, मधेश प्रदेशका मुख्यमन्त्री तथा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य लालबाबु राउत, जसपाका केन्द्रीय तथा संसदीय बोर्ड सदस्य बालकिशोर यादव, वीरगञ्जका मेयर एवम् जसपाका केन्द्रीय सदस्य राजेशमान सिंह, नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, एमालेका प्रदेश सदस्य विचारी यादव, जसपाका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, नेकपा एमालेका पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु, एमालेका जिल्ला सचिव मनोज गुप्ता र जसपा वीरगञ्ज महानगर कमिटिका अध्यक्ष इश्वरचन्द्र यादवको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *