Categories समाचार

ट्याक्टर दुर्घटनामा घाइते महतो भेट्न नेता रिजाल अस्पतालमा

Advertisement

वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार रमेश रिजालले ट्याक्टर दुर्घटनामा परि घाइते भएका पलट महतोको अस्पतालमै पुगेर स्वास्थ्य अवस्था बुझेका छन् ।

आइतबार उम्मेद्वारी दर्ताका लागि निस्केको र्यालीमा सहभागी भएका जिराभवानी गाउँपालिका ३ का पलट महतो ट्याक्टर दुर्घटनामा पर्दा घाइते भएका थिए ।

Advertisement

उनको अहिले वीरगञ्ज स्थित तराई अस्पतालमा उपचार भइरहेको छ । महतोको स्वास्थ्य अवस्था बुझ्दै नेता रिजालले उपचारमा कुनै कमी नगर्न चिकित्सकलाई आग्रह गरे ।

Advertisement

कुनै समस्या परे आफू रहेको भन्दै उनले उपचारमा कुनै कमी नगर्न आग्रह गरेका हुन् । घाइते महतोको स्वास्थ्य अवस्था बुझ्न नेता रिजालसँगै क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा सदस्य उम्मेद्वार शंकर चौधरी पनि सँगै पुगेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *