श्याम सरार्फ
वीरगन्ज । सार्वजनिक यातायातमा दैनिक जसो हुने विभिन्न अप्रिय घटना , चोरी , समान हेराफेरी जस्ता घटनालाई निरुत्साहित गर्न सवारीसाधन भित्र सिसिटिभी क्यामरा जडानले राम्रो भुमिका निर्वाह गरिरहेको छ ।
बाटोमा निस्केको सवारी साधन बारे सवारी धनीले पल पलको जानकारी राख्न चाहन्छन् तर विभिन्न कारणवश त्यो पुरा हुन सक्दैन । सवारीसाधनमा भएको गडबडी, सवार भएको यात्रुको संख्या र अवस्था लगायतका रुचिको बिषय हुदाहुदै पनि जानकारी पाउन सजिलो देखिदैन ।
तर संसारमा बढदै गएको प्रविधिको प्रयोगले अब आफ्ना सवारीसाधन बारे एक एक जानकारी आफू जहा भएपनि लिन सकिने अवस्था आएको छ । कुन रुटले गाडी गइरहेको छ , कति यात्रु सवार छन् , कस्ले के गर्दैछ ,सवारी कुन अवस्थामा छ लगायत विविध सुविधा घर बसि बसि लिन सकिने बानी ट्रेड कन्सर्नका सञ्चालक तथा इजभिज सिसिटिभी क्यामराका वितरक बलराम मण्डलले बताए।
एउटै साहुको कैयौं सवारीसाधन रहेको र सबैको निगरानी भौतिक रुपले गर्न समस्या भइरहेकोबेला सस्तो र भरपर्दो सिसिटिभीको जडानले आफ्नो सवारीसाधनको निगरानी चाहे जहाँ रहेपनि आफ्नै हाथमा रहेको मोबाइलबाट गर्न पाउँदा अचेल सवारीधनीलाई राहत भएको सञ्चालक मण्डलले थपे ।
सिसीटिभी क्यामरा हुँदा दुर्घटना गराएर भाग्नेहरूलाई समाउन धेरै सजिलो भएको छ । यसरी भागेकाहरूलाई सिसीटिभी क्यामेराको सहायताले नियन्त्रणमा लिन सफल भएका धेरै उदाहरणहरू पनि छन्। यो सँगै सिसीटिभी हुँदा कुनै पनि घटनाको अनुसन्धान, विश्लेषण गर्न सिसीटिभी रेकर्डेड छ भने धेरै कुरामा सहयोग पुग्छ।
यातायातका साधनको बढ्दो चापलाई मध्यनजर गरी हरेक सवारीसाधनमा सिसीटिभी जडान गर्नुपर्ने देखिन्छ । यसले सार्वजनिक यातायातका साधनको लापरबाहीमा समेत निगरानी गर्ने बुझाइ छ। अब यात्रु र बस सहित सामानको सुरक्षाको जिम्मा सिसिटिभी क्यामराको रहेकोले आफुहरुलाई राहत भएको सवारीधनी वीरगन्ज गहवा वडा नम्बर ८ निवासी सुबोज श्रेष्ठ बताए ।








