वीरगन्ज । पर्साको जिराभवानी गाँउपालिकाबाट मंगलबार प्रहरीले लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सेढवाको बरिष्ठ प्रहरी नायब निरिक्षक प्रकाश महतोको नेतृत्वमा खटेको टोलीले वडा नं १ मा रहेका जगतिया चौकबाट बिहान १०:१५ बजे सो गाँजा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धोबिनी गाँउपालिका वडा नं ५ निवासी नन्दलाल दास र छिपहरमाई गाँउपालिका वडा नं ३ निवासी बाघा यादव रहेका प्रहरीले जनाएको छ । ठोरी गाउपालिका वडा नं ५ सुवर्णपुरबाट बीरगंज तर्फ जादै गरेका बी आर २२ के २१८० नम्बरको भारतीय मोटरसाइकललाई सूचनाको आधारमा चेकजाच गर्दा गाँजा बरामद भएको हो ।
उनीहरुसंग नौ के जी ३०० ग्राम गाजा बरामत भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दास र यादव तथा लागू औषध गाँजा कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइने बताइएको छ ।








