Categories राजनीति समाचार

पर्साका ६ जनाले लिए उम्मेदवारी फिर्ता

Advertisement

वीरगन्ज । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मदवारी मनोनयन दर्ता गराएका पर्साका ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

असोज २३ गते पर्साको चारवटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गराएका राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र गरी ६ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार प्रतिनिधिसभातर्फ पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट दुईजना क्षेत्र नम्बर ४ बाट दुईजनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट शान्तिदेवी खड्का र नन्दकिशोर श्रीवास्तवले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो ।

Advertisement

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाल स्वतन्त्र पार्टीबाट टेक बहादुर शाक्य र हाम्रो नेपाली पार्टीबाट मोहम्मद कलिम मन्सुरले उम्मेदवारी फिर्ता लिनुभएको छ । त्य

स्तै प्रदेशसभा निर्वाचन १ को ख बाट एकजना महम्मद आलम देवान र क्षेत्र नम्बर ३ को क बाट मनोज प्रसाद यादवले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो ।

उम्मेदवारी मनोनयन गरेकाहरुलाई बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिईएको थियो । ट्रिब्यून न्युज

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *