Categories समाचार समाज

आशा किरण सङ आन्विका

Advertisement

पर्सा । श्री सिद्धार्थ माध्यमिक बिधालयको प्राङ्गणमा स्थापित रहेका आशा किरण केन्द्रका सुस्तमनस्थिती, सेरिब्रल पाल्सी, मस्तिष्क पक्षाघातका बालबालिकाहरुलाइ “तिमी सङ आन्विका” नामक संस्थाको सहयोगमा शैक्षिक सामाग्री र स्कुल ब्याग हस्तान्तरण गरिएको छ ।

स्कुल ब्याग र शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम आशा किरण केन्द्रका महासचिव राजन श्रीवास्तवको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथी सामाजिक अभियन्ता एवं आन्विका संस्थाका प्रतिनिधि अनिल ज्यासवाल, बिशिस्ट अतिथी केन्द्रका कोषाध्यक्ष सन्दिप मेहता, डा.असोक दास, प्रधानाध्यापक अनिल वर्णवालले मस्तिष्क पक्षघातका बच्चाहरुको बारेमा प्रस्ट पार्दै उक्त क्षेत्रमा थोरै भए पनि सहयोग र योगदान गर्ने सबैमा आभार व्यक्त गर्नुका साथै आउने दिनमा अझ सहयोगको अपेक्षा राख्दै शुभकामना सहित संस्था सगं जुडनका लागि सबैमा अनुरोध गर्नु भएको थियो।

Advertisement

को हुन आन्विका ?

Advertisement

आन्विका सेरिब्रल पाल्सी प्रभाबित नानी हुन । हाल पुनर्स्थापनाको लागी अमेरिकामा छिन । आन्विकाको परिवारले आन्विकाको नाममा समय समयमा नेपाल राज्यभर मस्तिष्क पक्षाघात अर्थात सेरिब्रल पाल्सी प्रभाबित बाल बालिकाको पुनर्स्थापनाको लागी बिभिन्न ठाउमा दिवा सेवा खोल्न्, पुनर्स्थापना सामाग्री हरु प्रदान गर्न तथा उनिहरुको रेखदेख र हेर चाहको लागी सहयोग गर्दै आई रहेको छ । खास गरी ललितपुर धापाखेल स्थित मस्तिष्क पक्षाघात स्वाबलम्बन समुह नामक सस्था र चितवन स्थित मस्तिष्क पक्षाघात अभिभाबक स्वाबलम्ब न समुह गैर सरकारी सस्था सङ्ग मिलेर पुनर्स्थापनाको काम अगाडी बढाई रहेको छ ।

जस अन्तर्गत चितवनमा सेरिब्रल पाल्सी बाल बालिका हरुलाई दक्ष्य फिजियोथेरापिष्ट बाट ३ महिने फिजियो थेरापी सेवा तथा बुट्वल मा रहेको बुट्वल दिवा सेवा केन्द्रको भबन निर्माण तथा फिजियो थेरापी सामाग्री दिनको लागी सहयोग पुर्याई रहेको छ । यती मात्र होईन कि यही अभियान अन्तर्गत गीत सङ्गितको माध्याम बाट अपाङ्गता बारे जन चेतना जगाउने कार्य गरी रहेको तथा हाल सालै मात्र सबै किसिमको अपाङ्गता हरुको लागी उत्प्रेरणा जगाउने गीत रेकर्डिङ सम्पन्न भएको छ जस मा प्रतिष्ठित कलाकार हरु मदन कृष्ण श्रेस्ठ, हरि बन्श आचार्य, राम कृष्ण ढकाल्, अन्जु पन्त, शिब परियार लगायत का अन्य गायक गायिका हरुले प्रसिद्ध सङ्गितकार शक्ती बल्लवको सङ्गितमा स्वर दिनु भएको छ र निकट भबिस्यमा म्युजिक भिडियो समेत आउने तरखरमा रहेको सामाजिक अभियन्ता अनिल ज्यासवालले प्रष्ट पारे ।

आशा किरण केन्द्रका बच्चालाई “विश्व मस्तिष्क पक्षघात दिवस” को प्रत्येक वर्षको अवसर पारेर विभिन्न कार्यक्रम गरि बच्चाहरुलाई सहयोग गर्दै आएकोमा केन्द्रका महासचिव श्रीवास्तवले “तिमी सङ आन्विका” नामक संस्थालाई धन्यवाद दिनुका साथै आन्विकाको सुस्वास्थ एवं उज्ज्वल भबिस्यको कामना गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो, कार्यक्रममा दिवाकर आमात्य, सुनिल शाह, बालबालिका, अभिभावकहरु, शिक्षिका रजनि वर्मा, सिन्धु कुश्वाहा लगायतको उपस्थितिमा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियोे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *