श्याम सरार्फ
वीरगन्ज । छठ पुजा नजिकिँदै गर्दा वीरगन्ज महानगरपालिकाले विभिन्न छठ घाटको सरसफाइ शुरु गरेको छ ।
हिन्दुहरुको महान र सबैभन्दा ठुलो पर्व र खासगरी वीरगन्जमा छठ पुजाको रौनक अरु ठाउँको भन्दा फरक रहेकोले बाहिर बाट पनि पर्यटक छठ हेर्न वीरगन्ज आउने गरेकोले यो हाम्रो साझा पर्वलाइ अझै सुन्दर बनाउन महानगरद्वारा सरसफाइ अभियान थालिएको प्रमुख राजेशमान सिंहले बताए ।
आजदेखि वीरगन्जको विभिन्न छठ्घाटको सरसफाइ अभियान शुरु गरिएको र पहिलो दिन वडा नम्बर १६ स्थित माईधिया पोखरी , नगवाको सफाई गरिएको हो ।
तीन दिन निर्जल बसि गरिने महापर्व छठ पुजाको तैयारी धेरै अगाडि देखिनै गर्ने गरिन्छ । विभिन्न ठाउँमा रहेको छठ घाटको सरसफाइ स्थानीयवासी र मागँ अनुसार महानगरपालिकाको कर्मचारीले गर्दै आएकोमा यश पटक महानगरले आफै अभियान अगाडि बढाएको समेत प्रमुख सिंहले बताए ।








