Rato Pana
समाचार

एकै परिवारको तीन जनाको हत्या, शव खोलाको किनारमा फेला

वीरगन्ज । बारामा बुधबार एकै परिवारको तीन जनाको हत्या गरि शव खोलाको किनारमा फलिएको अवस्थामा भेटिएको छ ।बाराको प्रसौनी गाँउपालिका वडा नम्बर ५ प्रस्टोका स्थित खोलाको किनारमा आमा र दुइ छोराछोरीको हत्या गरि शव फालिएको अवस्थामा भेटिएको हो ।

प्रस्टोका गाँउ भन्दा अन्दाजी २ किलोमिटर टाँढाको ढोरा खोलाकाो किनारमा बुधबार दिउँसो साढे २ बजे तिर प्रस्टोका टोलकै दिपेन्द्र चौधरीकी पत्नि २५ बर्षिया सुजता चौधरी, उनकी छोरी ३ बर्षकी ताहिरा चौधरी र छोरा १६ महिनाका राजवीर चौधरीको शव भेटिएको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
तीनै जनाकाो विभत्स तरिकाले हत्या गरि शव फालिएको अवस्थामा भेटिएको प्रहरी उपपरिक्षक बोगटीले जानकारी दिए ।
घरमुली दिपेन्द्रले पत्नि सुजाता र दुइ छोराछोरीको हत्या गरेको स्थानीयको आशंका छ । पत्नि र छोराछोरीको हत्या गरि फरार भएका दिपेन्द्रलाइ प्रहरीले घाइते अवस्थामा फेला पारि उपचारका लागि अस्पतालमा भर्र्ना गरेको छ ।

पत्नि र छोराछोरीको हत्या गरि भाग्ने क्रममा दिपेन्द्र लडेर घाइते भएको हुन सक्ने आशंका छ । उनको वीरगन्ज स्थित एलएस न्युरो अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको बोगटीले मधेसखबरलाई जानकारी दिए ।

बुधबार अपरान्ह घटनास्थलमा पुगेका प्रहरी उपरिक्षक बोगटीले हत्या कसले र किन गरेको भन्ने विषयमा अझै यकिन कारण खुल्न नसकेको र यस बारे अनुसन्धान भइरहेको बताए ।

सम्वन्धित समाचार

Leave a Comment