Categories समाचार

जसपा पर्साका ७ नेता पार्टीबाट निष्कासन

Advertisement

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) पर्साले पार्टीको निर्णय विपरित स्वतन्त्र उम्मेदवारी दिने ७ जनालाई कारबाही गरेको छ ।

जसपा पर्साको बुधबार बसेको बैठकले पार्टीको निर्णय विपरित आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागी र सवतन्त्र उम्मेदवारी दिएका सात जनालाई कारवाही गरेको हो ।

Advertisement

बैठकपछि जसपा पर्साका अध्यक्ष रामनरेश यादवले बुधबार एउटा विज्ञप्ति जारी गर्दै पार्टीको निर्णय विपरित उम्मेदवारी दिएका ७ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरिएको जानकारी गराएका छन् ।

Advertisement

पर्सामा जसपाबाट कारबाहीमा पर्नेहरुमा जसपाकी केन्द्रीय सदस्य करिमा बेगम, प्रदेश परिषद् सदस्य शिवकुमार साह, प्रदेश समितिका सदस्य जन्नत अन्सारी, गौरीशंंकर साह, नेताहरु प्रमोद जयसवाल, मुकेश द्विवेदी र रुपेशमान सिंह रहेका छन् ।

जसपा नेपाल र नेकपा एमाले बिचको चुनावी तालमेपछि दुवै दलको केन्द्रीय निर्णय अनुसार सिटको तालमेल गरि आ–आफ्नो पार्टीबाट आधिकारिक उम्मेदवारी दिने बाहेक स्वतन्त्र तथा अन्य राजनीतिक दलहरुबाट बागी भइ दिएका उम्मेदवारहरुले पार्टीको निर्देशनअनुसार आफ्नो उम्मेदवारी समयमा फिर्ता नगरेकोले निजहरुलाई पार्टीको विधान, निर्णय र निर्देशनअनुसार उम्मेदवार बनेकाहरुलाई आजको मितिबाट पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको जसपा पर्साले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जसपाले नेकपा एमालेसँग गरेको गठबन्धनको निर्णय विपरित कारवाहीमा परेका सातै जनाले पर्सा जिल्लाको विभिन्न क्षेत्रबाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका छन् । जसपाले सोमबार निर्वाचन आयोगले तोकेको समय भित्र उम्मेदवारी फिर्ता लिन उनीहरुसँग आग्रह पनि गरेको थियो । यद्दपी बुधबार उम्मेदवारी फिर्ता लिने अन्तिम समयसम्म पनि कसैले उम्मेदवारी फिर्ता नलिएपछि बाध्य भएर कारवाही गरिएको जिल्ला सचिव तबरेज अहमदले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *