Categories समाचार

चाडबाडका बेला महानगरपालिकाद्वारा बजार अनुगमन शुरु

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वीरगन्जमा रहेका होटल , रेष्टोरेन्ट र क्याफेहरुमा अनुगमन गर्न शुरु गरेको छ । चाडबाडका बेला हाटल तथा रेष्टुरेन्टहरुमा गुणस्तरहिन तथा खान अयोग्य खाने कुरा बिक्री भइरहेको जनगुनासो आएपछि महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन समितिले अनुगमन शुरु गरेको हो ।

यसैक्रममा शुक्रबार होटल मैजबानी, क्याफे मोका, होटेल बिकानेर, होटल अनमोल र होटल डाउनटाउन पिज्जामा अनुगमन गरिएको छ । अनुगमनका क्रममा क्याफे मोकामा गुणस्तहिन पाउरोटी र डाउन टाउन पिज्जामा पेप्सी कोला म्याद सकिएको भेटिएको छ । ती खान अयोग्य सामाग्रीहरु नष्ट गरि आइन्दा गुणस्तरयुक्त सामान बिक्री वितरण गर्न आदेश दिईएको अनुगमन टोलीका संयोजक समेत रहेका वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले जानकारी दिए ।

Advertisement

अनुगमन टोलीमा उपमेयर आलमसंगगै महानगरपालिका कार्यपालिका सदस्य तथा बजार व्यवस्थापन तथा अनुगमन समितीका सदस्य कन्हैया ठाकुर ,शाखा प्रमुख बिपिन लाल दास, गुणस्तर तथा नाप तौल कार्यलयका प्रतिनिधि आनन्द कुमार गुप्ता,जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि गौरीशंकर प्रसाद गुप्ता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधि मीन बहादुर रमौली,बिरगन्ज उद्योग बाणिज्य संघका प्रतिनिधि मनोज कुमार दास लगायतको सहभागीता थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *