Categories समाचार

काठमाडौं महानगरपालिकाले दिएको दुःखमा धरानका मेयर सम्पाङले मलहम लगाइदिने

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले दैनिक जीविका चलाउने ठेलागाडा खोसेर लगिदिएपछि बिचल्लीमा परेकी शर्मिला तामाङलाई धरान उपमहानगरका (प्रमुख) मेयर हर्क सम्पाङले राहत दिने घोषणा गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फसबुकमार्फत मेयर साम्पाङले आफूले पाउने एक महिनाको तलब शर्मिलालाई दिने घोषणा गरेका हुन्।

Advertisement

मेयर साम्पाङले लेखेका छन्, ‘यी बहिनी को हुन् ? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु ! जय मान्छे !’

Advertisement

शर्मिलाको ठेला काठमाडौं महानगरको प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो । टेकुको प्रसूति गृहको दुई नम्बर गेटको अगाडि ठेलामा पानीपुरी र चटपटे बेच्दै परिवारको गुजारा चलाइरहेकी शर्मिलाको अब परिवार पाल्ने कुनै विकल्प छैन । उनी अब कसरी परिवार पाल्ने पीरमा छिन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *