Categories समाचार

प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

Advertisement

काठमाडौँ । पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको मतपत्र छपाइ सुरु भएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी थालिएको छ। आठ जिल्लाका लागि आवश्यक समानुपातिकतर्फको मतपत्र शुक्रबार ढुवानी गरिएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार असोज ३१ गतेभित्र ३५ जिल्लामा मतपत्र ढुवानी सम्पन्न भइसक्नेछ। कात्तिक पहिलो साताभित्र समानुपातिकतर्फको मतपत्र सबै जिल्लामा पुगिसक्ने उहाँले बताउनुभयो। शुक्रबार सोलुखुम्बु, ओखलढुङ्गा, सप्तरी, सिरहा, उदयपुर, धनुषासहितका आठ जिल्लामा सातवटा ट्रकमा मतपत्र पठाइएको छ।

Advertisement

नेपाली सेनाको विशेष सुरक्षा निगरानीमा मतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ। समानुपातिकतर्फ चार करोड ५५ लाख मतपत्र छापिएका छन्। आगामी निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीमा प्रत्यक्ष० तर्फको मतपत्र छपाइ सुरु भएको छ।

Advertisement

आयोगका अनुसार आगामी कात्तिक २७ गते सबै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतपत्र ढुवानी सुरु गर्ने गरी मतपत्र छाप्न सुरु भएको हो। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबारबाट प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र छाप्न सुरु भएको जानकारी दिनुभयो।

त्यक्षतर्फको मतपत्र सेतो पृष्ठभूमिमा विवरण र निर्वाचन चिह्न रातो रङको हुनेछ। आयोगका अनुसार प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फ करिब चार करोड मतपत्र छापिने छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *