Categories समाचार

बिरामीको उपचारमा व्यस्त भइरहने दर्जनौं चिकित्सक पनि चुनावी प्रतिस्पर्धामा

Advertisement

काठमाडौँ । बिरामीको उपचारमा व्यस्त भइरहने चिकित्सकलाई पनि चुनावको रन्कोले छोएको छ।

विगतका चुनावमा एकाध चिकित्सक देखापर्थे भने यस पटक चुनावी मैदानमा थुप्रै चिकित्सक प्रतिस्पर्धामा उत्रिएका छन्।

Advertisement

पद र पेसाबाट राजीनामा दिएर प्रतिस्पर्धामा होमिएका उहाँहरू आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि यतिबेला व्यस्त हुनुहुन्छ। चुनावी मैदानमा उत्रने केही चिकित्सक मुख्य राजनीतिक पार्टीबाटै चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ भने केहीले स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको छ।

Advertisement

चिकित्सकहरूले सांसद भएपछि स्वास्थ्य क्षेत्र सुधारका लागि नीति निर्माण गर्ने र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने मुद्दा अगाडि सार्नुभएको छ। स्वास्थ्यको पहुँचलाई सर्वव्यापी बनाएर निःशुल्क स्वास्थ्य, गाउँ–गाउँमा स्वास्थ्य सेवा, प्राविधिक शिक्षा र युवा रोजगारीलगायतका कार्यसूचीसहित उहाँहरू चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। चुनावी मैदानमा युवादेखि वरिष्ठ चिकित्सक हुनुहुन्छ। नेपाली कांग्रेसका डा। शशाङ्क कोइरालाले नवलपुर–१ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ।

उहाँ आँखारोग विशेषज्ञ हुनुहुन्छ। यस्तै नेपाली काँग्रेसका डा। शेखर कोइरालाले मोरङ–६ बाट उम्मेदवारी दिनुभएको छ। उहाँ फिजिसियन चिकित्सक हुनुहुन्छ। डा। कोइराला यसअघिको निर्वाचनमा नेकपा एमालेका लालबाबु पण्डितसँग ६७५ मतले पराजित हुनुभएको थियो।

यसैगरी चितवन–३ बाट नेकपा (माओवादी केन्द्र)का तर्फबाट डा। भोजराज अधिकारीले उम्मेदवारी दिनुभएको छ। वरिष्ठ फिजिसियन डा। अधिकारी भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर चुनावमा होमिनुभएको हो।

ललितपुर–३ बाट शल्यचिकित्सक डा। तोसिमा कार्की पनि चुनावी मैदानमा उत्रिनुभएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा। कार्कीले राजनीति गर्ने व्यक्ति देशका लागि भन्दा पनि स्वार्थका लागि प्रेरित भएकाले आफू चुनावी मैदानमा उत्रिनुपरेको बताउनुभयो। उहाँले स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको छ।

काठमाडौँ–५ मा राप्रपाका तर्फबाट प्रा.डा. रामप्रसाद उप्रेती चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यसैगरी स्याङ्जा–२ (ख) मा नेकपा एमालेबाट डा। बुद्धिमान श्रेष्ठले उम्मेदवारी दिनुभएको छ।

उहाँले स्वास्थ्य क्षेत्रबाट सामाजिक कार्यमा आफू संलग्न भएको बताउँदै स्याङ्जाको विकास र स्वास्थ्य नै आफ्नो मुख्य एजेन्डा रहने उल्लेख गर्नुभयो।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *