Categories राजनीति समाचार

उम्मेदवार जिताउन समाजवादी महिला संघद्वारा चुनावी अभियानलाई तीव्रता

Advertisement

वीरगञ्ज । जसपा-एमाले गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन समाजवादी महिला संघले चुनावी अभियानलाई तीव्रता दिएको छ ।

समाजवादी महिला संघकी मधेश प्रदेश समितिकी उपाध्यक्ष पिंकी यादवको नेतृत्वमा महिला नेतृहरुले जसपा-एमाले गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन चुनावी अभियानलाई तीव्रता दिएका हुन् ।

Advertisement

उनीहरुले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ स्थित टेढा गाउँमा घरदैलो गरेर जसपा-एमाले गठबन्धनको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य प्रदीप यादव र प्रदेशसभा सदस्यद्वय विचारी प्रसाद यादव र लालबाबु राउतलाई जिताउन आग्रह गरेका छन् ।

Advertisement

घरदैलोका क्रममा संघसँग आबद्ध महिला नेतृहरुले जसपा-एमाले गठबन्धन जिन्दावाद, छाता छाप जिन्दावाद जस्ता नारा पनि लगाएका थिए । कार्यक्रममा जसपा नेतृ अन्नपूर्ण मानन्धर लगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *