Categories समाचार

शताब्दी पुरुष जोशीको निधन शोकमा भोलि सार्वजनिक बिदा

Advertisement

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक मनाउन सरकारले भोलि (कात्तिक १ गते) सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै भोलि मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।

Advertisement

शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । जोशीको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताए ।

Advertisement

आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनप्रेम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *