Categories समाचार

ओलीद्वारा प्रधानमन्त्री देउवालाई चुनावकेन्द्रित ‘लाइभ डिबेट’ मा आउन आग्रह

Advertisement

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चुनावकेन्द्रित ‘लाइभ डिबेट’ मा आउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक पेजमार्फत् अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकेन्द्रित ‘लाइभ डिबेट’ मा आउन आग्रह गरेका हुन् ।

Advertisement

निर्वाचनको समयमा पश्चिमा देशहरुमा पनि चुनावकेन्द्रित बहस हुने भएको र आफू त्यस्तो बहसमा सहभागी हुन तयार रहेको ओलीले भनेका छन् । सामाजिक सञ्जालमा धेरैले लाइभ डिबेटमा आउन आग्रह गरेकोले आफूले उक्त निमन्त्रणा स्वीकारेको पनि ओलीले भनेका छन् ।

Advertisement

सामाकिज सञ्जालमा अध्यक्ष ओलीले लेखेका छन्, ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाईभ डिबेट’मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनुभएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?’

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *