Rato Pana
Image default
शिक्षा समाचार

सामुदायिक सेवा केन्द्र छपकैयाको आयोजनामा ११६ थान स्कुल व्याग वितरण

Advertise:Advertise: Advertise:
Advertise:

बिरगंज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ बिरगंज पर्साको आयोजनामा तथा श्याम ट्रेड कन्सर्नको आर्थिक सहयोगमा श्री ताराचन्द किशनलाल आधारभुत विद्यालयमा अध्ययन कक्षा १ देखी कक्षा ८ सम्मका ११६ जना छात्र छात्राहरूलाइ स्कुल व्याग वितरण गरिएको हो ।

सामूदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाका नगर उप-प्रमुख इम्तियाज आलम रहेका थिए भने विशिष्ठ अतिथीमा वडा नं. २ का वडा अध्यक्ष मोहम्मद रेयाज मिया तेली, दलित महिला वडा सदस्य रम्भा देवी, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल रहेका थिए ।

त्यसैगरि अतिथीमा इनर्वा प्रहरी चौकीका ईन्चार्ज बरिस्ठ प्रहरी नायब निरीक्षक टेक बहादुर कार्की, सामूदायिक सेवा केन्द्रका संरक्षक तथा व्याग दाता श्याम शर्मा, विद्यालयका प्रधानाध्यापक कुरेश राउत गदि , शेष हजरा , लगायत सामूदायिकका वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक , सचिव प्रबीण बिक्रम शाह , सदस्य अजित भुजेल , ज्याउल हक , राजन जोशी , बिना शर्मा , शिक्षक शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

स्वागत मन्तब्य सामूदायिक सेवा केन्द्रका कोषाध्यक्ष प्रेम कुमारी सिंहले गरेकि हुन भने कार्यक्रम सन्चालन सदस्य अब्दुल कैस तेलिले गर्नु भएको थियो ।

Advertise: Advertise:

Related posts

Leave a Comment