Rato Pana
Image default
शिक्षा समाचार

प्रहरी निरीक्षक मल्ल लागूऔषध तथा साइबर अपराध सम्बन्धि जनचेतना फैलाउदै

Advertise:Advertise: Advertise:
Advertise:

वीरगञ्ज । वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ल वीरगञ्जका विद्यालयमा पुगेर लागूऔषध अपराध नियन्त्रण तथा साइबर अपराध सम्बन्धि जनचेतना फैलाइरहेका छन् ।

स्थानीय परिवर्तन नेपाल फाउन्डेशनसँगको सहकार्यमा प्रहरी निरीक्षक मल्लले वीरगञ्जका विभिन्न सामूदायिक तथा निजि विद्यालयमा पुगेर साइबर अपराध सम्बन्धि जनचेतना फैलाइरहेका छन् ।

मल्लले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ स्थित रेल्वे माध्यमिक विद्यालयमा अध्ययन छात्र र छात्राहरुलाई उक्त विषयमा विभिन्न जानकारीहरु दिएका छन् ।

लागूऔषध दुरुपयोगले युवाहरुको जीवन वर्वाद भइरहेको र सँगसँगै परिवार र राष्ट्रलाई समेत ठूलो क्षति भइरहेको बताउँदै उनले यस्ता कुलतमा नफस्न विद्यार्थीहरुसँग आग्रह गरे ।

त्यस्तै पछिल्लो समय साइबर अपराध पनि बढ्दै गएको र स्कूले बालबालिकाहरु यसको सिकार बढी हुनेगरेकोले पनि सामाजिक सञ्जाल र इन्टरनेट प्रयोग गर्दा सतर्क रहन मल्लले विद्यार्थीहरुलाई सुझाव दिए ।

संस्थाका अध्यक्ष रणधीर बरनवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Advertise: Advertise:

Related posts

Leave a Comment