Categories समाचार

सहकारीका प्रमुखमाथि ४ राउण्ड गोली प्रहार

Advertisement

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१ मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनको सेवा केन्द्रका प्रमुखमाथि लुटेरा समूहले गोली प्रहार गरेको छन् ।

लुटेरा समूहले सेवाकेन्द्रका प्रमुख साजन कार्कीमाथि ४ राउण्ड गोली प्रहार गरेका हुन् । बुधबार बिहान साँढे १० बजे तिर ३ जनाको समूहमा आएका लुटेराले सेवा केन्द्रको कार्यालयभित्र पसेर प्रमुख कार्कीलाई पैसा दिन भन्दै धम्क्याएपछि कार्कीले प्रतिकार गरेका थिए ।

Advertisement

प्रतिकार गर्ने बितिकै लुटेरा समूहले कार्की माथि ४ गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली प्रहार गरेपछि ३ जना भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा चढेर दक्षिणतर्फ भागेका छन् ।

Advertisement

लुटेरा समूहले रकम लुटेर लगे कि लगेनन् भन्ने कुरा एकिन भइनसकेको सगुनका अध्यक्ष केशव ढकालले जानकारी दिए ।

लालबन्दी–२ जुटपानी निवासी कार्कीलाई ४ गोली तिघ्रा, कुम, ढाड र कोखामा गोली लागेका घाइते कार्कीको हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि भर्खरै एम्बुलेन्समा काठमाडौं पठाइएको छ । संभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *