Categories समाचार

चर्को आलोचनापछि निर्वाचन आयोगले हटायो चुनाव सम्बन्धी गीत

काठमाडौँ । निर्वाचन आयोगले चुनाव सम्बन्धी गीतलाई सामाजिक सञ्जालबाट हटाएको छ। गीतको शब्द र गुणस्तर बारेमा प्रश्न उठाउँदै आयोगको चर्को आलोचना भएपछि गीतलाई संसोधन गर्न भन्दै हटाएको आयोगले जानकारी दिएको छ।

‘सामाजिक संजाल प्रयोगकर्ताले दिनुभएको सुझावलाई सम्मान गर्दै यस अगाडि पोस्ट भएको निर्वाचन शिक्षा सम्बन्धी भिडियो सामग्री परिमार्जनको लागि हटाएका छौं,’ आयोगले भनेको छ।

Advertisement

निर्वाचन शिक्षाका लागि भन्दै आयोगले ‘हाम्रो देशमा फेरि पनि चुनाव आएको छ। देशैभरि चुनाबको लहर छाएको छ’ गीत सार्वजनिक गरेको थियो। उक्त गीतको सुर तालममाथि प्रश्न उठेको थियो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *