Categories राजनीति समाचार

स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा मतदाता आफैँ गर्दैछन् ठाउँठाउँमा भेला

Advertisement

वीरगञ्ज । पर्सा क्षेत्र नम्वर २ (ख) का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहलाई विजयी बनाउन भन्दै अलौका स्थानीयले आइतबार भेला राखेका छन् ।

वीरगञ्ज महागनरपालिका वडा नम्बर १७ अलौमा स्थानीय मतदाताले भेला राख्दै पार्टीका नेताहरु पद र पैसाकै स्वार्थमा लिप्त हुँदा आफूहरुले परिवर्तनको महशुस गर्न नपाएको भन्दै जनचाहना अनुसारको काम गर्न अब स्वतन्त्र उम्मेद्वार सिंहलाई जिताउनु आवश्यक रहेको बताए ।

Advertisement

पहिले जितेर गएका उम्मेद्वारहरु जितेपछि फर्केर पनि नआउने गरेको भन्दै मतदाताहरुले आफूहरुको सुखदुखमा साथ दिनेलाई नै मतदान गर्ने बताए ।

Advertisement

कुनै पनि पदमा नहुँदा पनि रुपेशमान सिंह आफूहरुको माझमा रहेको भन्दै मतदाताहरुले अबको चुनावमा उनलाई नै जिताउन आफूहरु लागि पर्ने पनि बताए ।

कार्यक्रममा स्वतन्त्र उम्मेद्वार सिंहले मतदाताले देखाएको साथ र समर्थनले आफू उत्साहित रहेको भन्दै दलको सिण्डिकेट तोड्नु पर्ने सन्देश घरघरमा पुर्याउन आग्रह गरे ।

उनले आफूले ठूला सपना नबाँड्ने भन्दै यहाँको आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *