Rato Pana
Image default
राजनीति विचार समाचार

हामीले नजिते देश दुर्घटनामा पर्छ : प्रचण्ड

Advertise:Advertise: Advertise:
Advertise:

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो मंसिर ४ को चुनाव आफूहरुले नजिते देश दुर्घटनामा पर्ने बताएका छन् ।

आज धनगढीमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी भेलामा सम्बोधन गर्दै उनले चुनाव गठबन्धनले नै जित्नुपर्ने जिकिर गरे । गठबन्धनले नजितेमा देश दुर्घटनामा जाने उनको भनाइ छ ।

उनले भने, ‘हामी माथि नेतृत्व तहमा गठबन्धनमा आबद्ध सबै दलका केन्द्रीय नेताहरु एक छौँ । प्रदेश तहका गठबन्धनका साथीहरुसँग पनि हामी साथमै छौँ र केन्द्रमा हाम्रो मत एकै छ भन्नका लागि यहाँ आएका हौँ । आगामी चुनावमा गठबन्धनको जित सुनिश्चित गर्नुपर्छ, यो हाम्रो अपिल हो ।’

संविधान, गणतन्त्र र व्यवस्था नै धरापमा परेको एक विशिष्ट परिस्थितिमा यो गठबन्धन बनेको भन्दै उनले भने, ‘मंसिर ४ को निर्वाचनबाट देशमा विकास र समृद्धि तथा परिवर्तनका उपलब्धि रक्षा गर्नेछौँ ।’

अध्यक्ष प्रचण्डले नेकपा एमालेको नेतृत्वमा अर्को गठबन्धन समेत रहेको र त्यसले वर्तमान संविधान बदलेर गणतन्त्र उल्ट्याउन खोजिरहेको आरोप समेत लगाए । त्यसैले पनि संविधान र गणतन्त्र रक्षा गर्न आफुहरुलाई जिताउनुपर्ने, नत्र देशमा दुर्घटना निम्तिने उनको भनाइ थियो ।

Advertise: Advertise:

Related posts

Leave a Comment