Categories समाचार हाइलाइट-समाचार

नेपाल भारत सीमामा ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु

Advertisement

वीरगन्ज । वीरगन्ज नाका स्थित नेपाल भारत सीमामा सोमबार ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ ।

वीरगन्ज रक्सौल नाका स्थित मितेरी पुलमा सोमबार दिउँसो साढे १२ बजे तिर भारतबाट नून लिएर आउदै गरेको नेपाली नम्बर प्लेटको ट्रकले ठक्कर दिदा भारत घर भएका ६० बर्षिय एक बृद्धको मृत्यु भएको हो ।

Advertisement

ना ३ ख ९५९८ नम्बरको ट्रकले मितेरी पुलमा ठक्कर दिदा भारत बिहारमा घर भएका बृद्धको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ललले जानकारी दिए ।

Advertisement

घटनास्थल भारतमै परेको र मृतक पनि भारतीय नागरिक भएकाले मृतकको शव भारतीय प्रहरीको जिम्मा लगाएर पठाइएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए ।

ठक्कर दिने ट्रकलाई पनि नियन्त्रणमा लिएर भारतीय प्रहरीको जिम्मा लगाइएको बस्नेतले जानकारी दिए । ट्रकका चालक भने फरार रहेको उनले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *