Categories समाचार

क्षणिक भन्दा दिर्घकालीन उज्यालो होस् भन्ने हाम्रो चाहना हो : मेयर सिंह

Advertisement

वीरगन्ज । दिपावलीका बेला पनि घण्टाघरमा झिलिमिली बत्ती नलगाइएको विषयमा सामाजिक सन्जालमा आइरहेको टिप्पणी प्रति वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको ध्यानाकर्षण भएको छ ।

सोमबार दिउँसो आफनो फेसबुक पेजमा स्टाटस लेख्दै मेयर सिंहले दिपावलीमा पनि घण्टाघरमा बत्ती जडान नभएको विषयलाई लिएर सामाजिक सन्जालमा आइरहेका टिप्पणी र विचारलाई आफुले स्वभाविक रुपमा लिएको बताएका छन् ।

Advertisement

उनले घण्टाघरमा दशैं दिपावलीका लागि मात्रै नभइ बर्षभरिकै लागि दीर्घकालीन रुपमा झिलिमिली बत्ती जडान गर्ने काम अगाडि बढि सकेको र छिट्टै त्यो कामले पूर्णता पाउने बताएका छन् । त्यहि कारण अहिले तत्काल बत्ती नलगाइएको उनले प्रष्ट्याएका छन् । उनले भनेका छन् ,‘ क्षणिक काम भन्दा दिर्घकालीन उज्यालोको काम होस् भन्ने हाम्रो चाहना हो , मलाई आशा छ यहाँहरूले यो विषयलाई त्यसैगरी बुझिदिनुहुनेछ ।

Advertisement

फेसबुुक स्टाटसमा अन्त्यमा उनले सुझाव माग्दै लेखेका छन् ,‘ म आदरणीय नगरवासीसँग जान्न पनि चाहन्छु कि यो कार्य दुई दिनको लागि हुनु उपयुक्त हुन्छ वा दिर्घकालिन ?

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *