Categories धर्म/संस्कृति समाचार

केनाईन कार्यालय महाराजगंजमा कुकुर पूजा सम्पन्न

Advertisement

काठमाडौं । यमपञ्चकको दोस्रो दिनका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग केनाईन कार्यालय महाराजगंजमा आयोजित कार्यक्रमबीच सोमबार कुकुर पूजा सम्पन्न भएको छ ।

कार्यक्रममा उक्त कार्यालयकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरूङले कार्यालयमा रहेका विभिन्न तालिम प्राप्त कुकुरहरूलाई पूजा गर्नुभयो । साथै उहाँले यस वर्षको उत्कृष्ट कुकुर ‘पप्पी’, आज भएका प्रतियोगितामा दौडमा उत्कृष्ट हुने कुकुर ‘रुरु’, हाइजम्पमा उत्कृष्ट हुने कुकुर ‘रिया’ र बाधापारमा उत्कृष्ट हुने कुकुर ‘रोज’लाई पुरस्कार तथा मेडल प्रदान गर्नुभयो ।

Advertisement

उक्त अवसरमा प्रहरी उपरीक्षक डा. रामचन्द्र सत्यालले स्वागत मन्तव्य व्यक्त गर्दै विभिन्न स्थानको अपराध अनुसन्धान गर्न नेपाल प्रहरीका कुकुरहरूले पुर्‍याएको सहयोगबारे जानकारी दिनुभएको थियो ।

Advertisement

कार्यक्रममा कार्यालयमा रहेका तालिम प्राप्त कुकुरहरुले बाधापार, ट्रयाकर डगको काम, रेस्क्यू डगको काम, रनिङ्ग कम्पिटिसन, हाईजम्प कम्पिटिसन, सबुदको खोजी कार्य, अपराधीको खोजी एवं पहिचान, हातहतियार तथा विष्फोटक पदार्थ खोजी एवं पहिचान, लागूऔषध खोजी एवं पहिचान, रिमोट कन्ट्रोल कला पर्दशनी, डग आकृती बनाउने, आज्ञापालन कला प्रदर्शनी लगायतका कार्यहरु गरेका थिए ।

नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान लगायतका कार्यमा तालिमप्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ । साथै सोही अवसरमा प्रदेशका केनाईन कार्यालयहरुमा समेत आजै कुकुर पूजा गरिएको थियो ।

कार्यक्रममा प्रहरी अधिकृतहरु, संचारकर्मीहरू एवम् स्थानीय बासिन्दाहरुको समेत उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *