Categories समाचार

रुखमा चढेका बेला करेन्ट लागेर मृत्यु

Advertisement

बुटवल । पाल्पामा रुखमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु छ । रामपुर नगरपालिका–९ जब्गादीका २९ बर्षीय बिष्णुबहादुर श्रेष्ठको रुखमा चढेका बेला करेन्ट लागेर मृत्यु भएको हो ।

मंगलबार बिहान करिब १० बजे घर नजिकै दबदबेको रुखमा चढेका बेला अचानक थ्रीफेजको विद्युत तारमा छुन गई करेन्ट लाग्दा श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

Advertisement

उनलाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *