Rato Pana
राजनीति समाचार

जनमतका वडा अध्यक्ष उम्मेदवारले गरे जसपा प्रवेश

Advertise
Advertise: Advertise:
Advertise:

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा जनमत पार्टीबाट गत स्थानीय तहमा वडा अध्यक्षका प्रत्यासीले जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रवेश गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा जनमत पार्टीबाट स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा वडा अध्यक्ष उम्मेदवार पवन कुमार ठाकुरले जसपा प्रवेश गरेका हुन् ।

ठाकुरलाई जसपाका राजनीति समिति सदस्य प्रदीप यादवले पार्टीमा भित्र्याएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका यादवले ठाकुरलाई मंगलबार वीरगञ्जमा एक अनौपचारिक कार्यक्रम बीच फूलमाला र टिका लगाएर पार्टीमा भित्र्याएका हुन् ।

पार्टी प्रवेश गर्दै ठाकुरले जसपाले मात्र देशमा विकास र समृद्धि ल्याउन सक्ने भएकोले आफूले जनमत पार्टी त्यागेर जसपा रोजेको बताए ।

Advertise Advertise:

Related posts

Leave a Comment