वीरगन्ज । छठ पर्वको मुख्य दिन आज अस्ताउदो सूर्यलाई अर्घ्य दिएर मनाइदै छ । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन गरिन्छ ।

आज रातभर नदी किनारमा हालिएको पालमुनि जाग्रम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ। छठ पर्वको व्रत बस्नाले मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाको रोग नलाग्ने धार्मिक विश्वास छ ।

छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन सखर हालेर बनाइएको खीर (खरना) मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ

यो पर्वको मुख्य दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने र भोलिपल्ट उदाउँदो सुर्यलाइ अर्घ दिएपछि व्रत समापन हुन्छ।








