Categories राजनीति समाचार

मेरो जितको आधार स्वस्फूर्त लागेका मतदाता हुन् : स्वतन्त्र उम्मेद्वार सिंह

Advertisement

वीरगञ्ज । पर्सा क्षेत्र नम्वर २ (ख) का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहले आफ्नो जितको आधार मतदाताले देखाएको सद्भाव र मायाँ भएको बताएका छन् ।

स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा मतदान गर्न आह्वान गर्दै स्वस्फूर्त रुपमा मतदाताहरु नै घरदैलो गरिरहेका छन् ।

Advertisement

‘मतदाताहरु स्वस्फूर्त रुपमा मेरो पक्षमा टोलटोल र घरघर पुगेर मत मागिरहनु भएको छ, यसले मेरो मनोबल बढाइरहेको छ, यो नै मेरो जितको आधार हो,’ उनले भने ।

Advertisement

यस अघि जितेर गएकाहरु फर्केर नआउने गरेको भन्दै अब दलीय उम्मेद्वारलाई नभई स्वतन्त्र उम्मेद्वार सिंहलाई विजयी बनाउने गरि आफूहरु घरघरमा पुगिरहेको भगवती टोलका उमेश साहले बताए ।

कुनै पनि पदमा नरहँदा पनि सिंह जनताकै सेवामा खटेकाले उनलाई जिताएर पठाए यस क्षेत्रको विकासका साथै दबिएका आबाज बुलन्द हुने विश्वास लिन्छन् वडा नम्वर २५ का नन्दलाल पटेल ।

बिहीबार क्षेत्रमा पर्ने वडा नम्वर ३ को भगवती टोल, आदर्शटोल, छपकैयाँ लगायतका स्थानमा पुगेका उम्मेद्वार सिंहलाई घरघरमा स्थानीयले स्वागत गर्दै विजयी बनाउन मतदान गरेर साथ दिने प्रतिबद्धता जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *