Categories राजनीति समाचार

आफ्ना उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराख्ने जससा र एमालेका नेता कार्यकर्ताको प्रतिबद्धता

Advertisement

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेका नेता एवम् कार्यकर्ताहरुले गठबन्धनका उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयामा जसपा एमालेको सयुँक्त बैठकमा सहभागीहरुले जसपा र एमाले गठबन्धनका उम्मेदवारलाई जिताउन सशक्त भएर लाग्ने प्रतिबद्धता जनाएका हुन् ।

Advertisement

पर्साको क्षेत्र नम्बर १ बाट प्रदीप यादव, १ (क) बाट विचारी यादव र (ख) बाट मोहमद लालबाबु राउत गद्दीलाई जिताउनका लागि उनीहरुको पक्षमा जनमत जुटाउने निस्कर्ष बैठकले निकालेको थियो ।

Advertisement

बैठकलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप यादवले अहिलेसम्म जसपा र एमाले गठबन्धनप्रति देखिएको जनसमर्थनले जित सुनिश्चित देखिएपनि मेहनत गर्न छोड्न नहुने सुझाव नेता एवम् कार्यकर्ताहरुलाई दिएका छन् । यादव भन्छन्, ‘अहिलेसम्मको हाम्रो जनसमर्थन देखेर विपक्षीहरुको पनि सात्तो उडेको छ । उनीहरु अत्तालिएका छन् ।

हाम्रो जित सुनिश्चित देखिएपनि हामीले मेहनत गर्न छोड्नु हुँदैन । अँझै हामीले र हाम्रो पहलमार्फत भएका कामहरुको बारेमा जनतालाई बुझाउन आवश्यक छ ।’ उनी थप्छन्, ‘जित सुनिश्चित छ भन्दैमा मात्तिनु हुँदैन । एकदम संयम भएर काम गर्नुपर्छ । नेता कार्यकर्ताहरुले अँझै मेहनत गरे भने हाम्रो जितलाई कसैले रोक्न सक्तैन ।’

चुनावी प्रचार प्रसारलाई अँझ तिब्र बनाउदै हरेक घरधुरीमा पुगेर आफ्नो कार्यकालमा गरेका नमूना काम बारे मतदातालाई बुझाउन उनले आग्रह गरेका छन् । जसपा–एमालेको गठबन्धन मधेश र देशको आवश्यक्ताको उपज भएको प्रस्ट्याउदै यादवले यहि गठबन्धन जिते मात्रै मधेश र देश समृद्ध बन्ने जिकिर गरे ।

पर्सा १ मा जसपा–एमाले गठबन्धनप्रति देखिएको जनलहरले विपक्षीहरुको सात्तो उडेको भन्दै यादवले दुवै दलका नेता कार्यकर्ताहरु इमान्दारीपूर्वक लागेमा मंसिर ४ सम्म विपक्षीहरु प्रतिस्पर्धामै नरहने दाबी गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *