Categories समाचार

पर्सा : विद्युत चोरी गर्ने १२ जना पक्राउ

Advertisement

वीरगन्ज । पर्साको ग्रामीण भेगमा विद्युत चोरी गरि उपभोग गर्ने १२ जना पक्राउ परेका छन् । पोखरीया स्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रबाट सुरक्षाकर्मी सहित खटिएको विद्युत चुहावट नियन्त्रण टोलीले विभिन्न गाँउमा पोलबाट सिधै तार हुकिङ गरि विद्युत चोरी गर्ने १२ जनालाई पक्राउ गरेको वितरण केन्द्र प्रमुख जगन्नाथ झाले जानकारी दिए ।

शीवबर्वा गाँउबाट २ जना , मुडली गाँउबाट ३ जना , भेडिअर्वा गाँउबाट २ जना , मानिपुरबाट १ जना , सुरजाहाबाट १ जना , बिरन्चीबर्वा गाँउबाट १ जना ,हहिरपुरबाट १ जना र मिर्जापुरबाट १ जनालाई पक्राउ गरिएको झाले बताए ।

Advertisement

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय पोखरीयाको जिम्मा लगाएर आवश्यक कारबाही प्रकृया अगाडि बढाइएको झाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *