Categories राजनीति समाचार

विकास र परिवर्तनको अभियानमा हातेमालो गर्न मलाई मतदान गर्नुस् : मुख्यमन्त्री राउत

Advertisement

पर्सा । प्रतिनिधि सभा र प्रदेश सभा चुनाव नजिकिँदै जाँदा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादव र प्रदेश सभा सदस्य पदका उम्मेदवार लालबाबु राउतले आज वीरगञ्ज महानगरपालिका वडा नं. २ तथा वडा नं. १६ मा घरदैलो तथा मतदातासँग भेटघाट गरेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं. २ तथा वडा नं. १६ का मतदाताहरुको घरघरमा पुगि भेटघाट गर्दै पुर्व मन्त्री प्रदिप यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनको चुनाव चिन्ह छाता छापमा मतदान गर्ने मतदाताहरु संग आग्रह गरेका छन् । निर्वाचन नजिकिदै गएसँगै उनले नेता तथा कार्यकर्ताहरुलाई पनि जसपा र एमालेको गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सक्रिय हुन सचेत गराएका छन् ।

Advertisement

दिनहु चुनावी घरदैलो कार्यक्रम गर्दै आएका जसपा र एमालेका गठबन्धनका उम्मेदवार प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा पुर्व मन्त्री प्रदिप यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बिहिबार मतदाताको घरदैलोमा पुगेर आफ्नो पक्षमा मतदान मागेका छन् ।

Advertisement

जनतालाई भ्रममा पारेर दिवा सपना देखाउनेहरुबाट सर्तक रहन आग्रह गर्दै उनले ईमान्दार एवम् जनताको पीरमार्का बुझ्ने व्यक्तिलाई चुनेर पठाउनुपर्ने बताएका छन् । निर्वाचित गराइसकेपछि पश्चाताप हुनुपर्ने अवस्था नआउनका लागि बेलैमा सोचेर अमूल्य मत सही व्यक्तिलाई दिई विकास र परिवर्तनको अभियानमा हातेमालो गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

वडा नं. १६ मा भएको विकास निर्माणको कामलाइ निरिक्षण तथा अधुरो रहेका कार्यहरुलाइ अगामि दिनमा निरन्तरता दिने भनी राउतले प्रतिबद्धता समेत गरेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं. २ तथा वडा नं. १६ का मतदाताहरुले यादव र राउतको भनाईप्रति समर्थन जनाउँदै मताधिकारको सही सदुपयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

मतदातासँगको भेटघाटका क्रममा जसपाका महानगर अध्यक्ष इश्वर चन्द्र यादव, नेकपाको अनवर अली, जसपाका एकाइ अध्यक्ष अरुण यादव, मधेसी स्वास्थ्यकर्मी फोरमका केन्द्रिय अध्यक्ष बालकिशोर यादव, निवर्तमान जिल्ला सभापति नेक महम्द अंसारीलगायत एवम् जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनका नेता कार्यकर्ताहरुको उलेख्निय सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *