Categories राजनीति समाचार

समाजिक रुपान्तरणको लागि मलाई विजयी गराउनुस : उम्मेदवार सरार्फ

Advertisement

वीरगञ्ज । राजनितिक संगै समाजिक कार्यमा छुट्टै पहिचान बनाउँन सफल रहेका पर्सा क्षेत्र नम्बर १ को (ख) मा प्रदेश सभा सदस्य उम्मेदवार ओमप्रकाश सर्राफले आफनो चुनावी अभियानलाई तिव्र बनाएका छन ।

लौरो (छाप) चुनाव चिन्ह लिएर मैदानमा उत्रेका सर्राफले बिहिबार आफनो क्षेत्र पर्ने वीरगन्जको विभिन्न वडाहरुको घर घरमा पुगेर जनता माझ आफनो योजना बताउँदै मतमाग्ने काम गरेका छन ।

Advertisement

उनले वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैया घुसुकपुर, वडा नम्बर ५ कुम्हालटोल, वडा नम्बर ८ पानीटंकी, वडा १५ भिस्वा र वडा नम्बर १६ नगवामा घरदैलो कार्यक्रमको आयोजना गरी आफनो पक्षमा मतदान गर्न मतदाताहरु संग आग्रह गरे ।

Advertisement

आफू राजनितिक व्यक्ति मात्र नभई, समाजिक क्षेत्रमा विगत लामो समयदेखि समाजमा योगदान पुरयाउँदै आएको हुनाले आफूमाथि एकपल्ट विश्वास गरी विजयी गराउँन मतदाताहरुलाई अनुरोध समेत उनले गरेका छन ।

पदमा नरहेको अवस्थमा पनि आफू जनताको सेवक बनी २४ औं घण्टा खटेर समाजिक सेवा गर्दै आएको छु, उनले भने थप समाजमा विकासको निम्ती पद र सत्ताको पहुँच आवश्यक रहेको हुनाले समाजिक रुपान्तरणको लागि म लाई विजय गराउँन अनुरोध छ ।

विगत पाँच बर्षमा प्रदेश सरकारले आफनो पार्टीको कार्यकर्ता पाल्ने बाहेक कुनै दृर्घकालिन काम नगरेको आरोप लगाउँदै यसपालिको चुनावमा जनता स्वयं परिर्वतनको महशुस गरेको हुनाले मेरो विकल्प बाहेक अरु कोहि नेता नरहेको ठोकुवा उनले गरे । उनले भने, जनताले मौका दिए आफू संग भिजन र योजना छ, बोलेर होईन काम गरेर देखाउँने आफू संग दृढईच्छा शक्ति छ ।

आफनो चुनाव चिन्ह छडी छापमा अत्याधिक मतदान गरी विजय गराउँनु नगरवासी संग अनुरोध समेत उनले गरे । घरदैलो कार्यक्रममा छडी छापकै समानुपातिक उम्मेदवार गुडी जोशी लगायतका महिला नेतृ एवं युवाहरुको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *