Categories समाचार

यादवलाई जिताउन मतदातासँग महिला नेतृहरुको आग्रह

Advertisement

वीरगञ्ज । पर्सा क्षेत्र नम्वर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवको पक्षमा मतदान गर्न आह्वान गर्दै महिला नेतृहरुको समूहले थालेको घरदैलो अभियान आज पनि जारी छ ।

समाजवादी महिला सङ्घ मधेश प्रदेशकी उपाध्यक्ष पीङ्की यादवको अगुवाइमा वडा नम्वर १४ मा बिहीबार घरदैलो गर्दै महिलाहरुले जनताकै बीचमा रहेर काम गर्ने प्रदीप यादवलाई मतदान गर्न आग्रह गरेका छन् ।

Advertisement

मतदातासँगको भेटमा उनीहरुले जनताकै बीचमा रहेर विकासका काममा निरन्तर लागेका व्यक्ति प्रदीप यादव मात्रै रहेकाले आफ्नो ठाउँलाई समुन्नत बनाउन फेरि पनि उनलाई नै जिताउनु पर्ने भन्दै छाता छापमा मतदान गर्न आग्रह गरे ।

Advertisement

नागरिकताको सवालमा प्रदीप यादवले सदन र सडकमा निरन्तर आवाज उठाउँदै आएको र न्यायालयमा पनि मुद्धा लडेको स्मरण गराउँदै महिला नेतृहरुले त्यसलाई निर्णायक चरणमा पुर्याउन पनि प्रदीप यादवलाई जिताउनु पर्नेमा उनीहरुले मतदातासँग आग्रह गरेका थिए ।

मतदाताले पनि आफूहरुले जोश जागरले भरिएको र सदैब जनताकै बिचमा रहने यादवलाई नै मतदान गरेर फेरि पनि जिम्मेवारी सुम्पन तयार रहेको बताएका छन् ।

घरदैलो कार्यक्रममा जसपा नेतृहरु अन्नपूर्णा मानन्धर, पिंकी सिंह, प्रेरणा श्रेष्ठलगायतको सहभागीता थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *