Rato Pana
Image default
समाचार स्वास्थ्य

वीरगञ्ज महानगरद्वारा लामखुट्टे नियन्त्रणका लागि ‘एयर स्प्रे’ गर्न शुरु

Advertise:Advertise: Advertise:
Advertise:

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि ‘एयर स्प्रे’ गर्न शुरु गरेको छ । जाडो मौसमको सुरुवातमा लामखुट्टेको प्रकोप बढ्ने भएकाले त्यसको नियन्त्रणका लागि महानगरले हरेक वार्डमा दैनिक तालिका बनाएरै बिहान बेलुका ‘एयर स्प्रे’ गर्न शुरु गरेको हो ।

वीरगञ्जका मेयर राजेशमान सिंहले नगरवासीलाई लामखुट्टेको प्रकोपबाट बचाउन दैनिक तालिका बनाएर हरेक वडामा स्प्रे गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । त्यही अनुरुप १५ गते मंगलबारबाटै स्प्रेको काम शुरु भएको छ ।

महानगरले कात्तिक १५ गतेदेखि तालिका नै बनाएर हरेक वार्डमा ऐयर स्प्रे गर्ने कामलाई तिब्रता दिएको छ । जस अनुसार बिहानको समयमा तीन राउण्ड र बेलुकाको समयमा २ राउण्ड स्प्रे गर्न महानगरका कर्मचारी खटिएका छन् ।

पहिलो दिन मंगलबार महानगरबाट आदर्शनगर, घडिअर्वा, माइस्थान, घण्टाघर हुँदै गण्डक र सिडियो कार्यालय, बसपार्क क्षेत्रमा स्प्रे गरिएको थियो । दोस्रो दिन बुधबार १ नम्बर रोड, २ नम्बर र ३ नम्बर रोडसहित नारायणी अस्पताल र भन्सार क्षेत्रमा स्प्रे गरेको छ ।

यस्तै बिहीबार वडा नम्बर १, २, ३ मा स्प्रे गर्ने काम भएको र यो अभियान ३२ वटै वडामा मंसिर १२ गतेसम्म चल्ने महानगरपालिकाका मेयर सिंहले जानकारी दिए । स्प्रे गर्न आउने महानगरका कर्मचारीलाई आवश्यक सहयोग गरी आफ्नो निगरानीमा स्प्रे गराउन पनि नगरवासिलाई मेयर सिंहले आग्रह गरे ।

लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको संक्रमण नियन्त्रण गर्न ३२ वटै वडामा ‘एयर स्प्रे’ शुरु गरिएको नगरप्रमुख सिंहले जानकारी दिए ।

Advertise: Advertise:

Related posts

Leave a Comment