Categories राजनीति समाचार

स्वतन्त्र उम्मेद्वार सिंहलाई मतदाताले गरे घरघरमा स्वागत, अबिर लगाएर दिए विजयको आशिर्वाद

Advertisement

वीरगञ्ज । स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहलाई बहुरमाई नगरपालिकाको सिसियाडीका मतदाताले विजयी तिलक लगाइदिएका छन् ।

पर्सा क्षेत्र नम्वर २ (ख) का स्वतन्त्र उम्मेद्वार सिंह नै अहिलेको आवश्यकता रहेकाले मंसिर ४ गतेको निर्वाचनमा जसरी पनि विजयी बनाउने भन्दै मतदाताले अहिले नै विजय तिलक लगाइदिएका हुन् ।

Advertisement

दलका नेताहरु व्यक्तिगत स्वार्थमा र दलको दलदलमा फसेकाले अब स्वतन्त्र उम्मेद्वारलाई सबैले समर्थन गर्नुपर्ने मतदाताहरुले बताएका थिए ।

Advertisement

सिसियाडी टोलमा पुगेका सिंहलाई घरघरमा मतदाताले स्वागत गर्दै अबिर लगाएर विजयको आशिर्वाद दिएका थिए ।

स्वतन्त्र उम्मेद्वार सिंहले काम गर्ने मान्छेलाई जिताएर पठाउन आग्रह गर्दै आफूले काम गर्न नसके जनकारबाही भोग्न तयार रहेको बताए ।

उनले नीति बनाउन चुनावमा होमिएकाहरु विभिन्न प्रलोभन दिँदै हिडिरहेको भन्दै प्रलोभनमा नफस्न पनि सबैलाई आग्रह गरे ।
घरदैलो अभियानमा युवा, महिला, अग्रज, बुद्धिजिवि व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *