Categories समाचार

निलम्बित कप्तान लामिछानेलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिने

Advertisement

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिने भएको छ । शुक्रबार (आज) जिल्ला अदालत, काठमाडौंले सन्दीपलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार आदेशमा सन्दीपलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्न भनिएको छ ।

वादी र प्रतिवादीका तर्फबाट भएको कानून व्यवसायीको थुनछेक बहसपछि आज (शुक्रबार) न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका हुन् ।

Advertisement

सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ,सविता भण्डारी, लभ मैनाली, कृष्ण सापकोटा, लगायतले बहस गरेका थिए । गत सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले लामिछानेविरुद्ध १० देखि १२ वर्ष सम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन मागदाबी गर्दै काठमाडौं अदालतमा मुद्दा दायर गरेको थियो ।

Advertisement

जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ (घ) अनुसार नाबालिगमाथि बलात्कार गरेको कसुरमा सजाय मागदाबी गरेको थियो । अनुसन्धानका क्रममा संकलित तथ्य र प्रमाणले लामिछानेबाट नाबालिग बलात्कृत भएको आरोपपत्रमा उल्लेख छ ।

मुलुकी अपराध संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने’ उल्लेख छ ।

सोही दफाको उपदफा ३ मा जबर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद सजाय हुने व्यवस्था छ । उपदफा ३ को (घ) मा ‘१६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरे १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *