Categories राजनीति समाचार

स्वतन्त्र उम्मेद्वार सिंहप्रति जनलहर बढ्दै

वीरगञ्ज । पर्साको क्षेत्र नम्वर २ (ख) बाट प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहप्रति दिनप्रतिदिन जनलहर बढ्दै गएको छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्वर २६ अठराहमा सोमबार भएको घरदैलोमा मतदाताको उपस्थितिले रुपेशमान हिप्रतिको जनलहर बढेको देखाएको हो ।

Advertisement

स्वतन्त्र उम्मेद्वार सिंहप्रति मतदाताको भरोसा बढ्नुका साथै सिंहको लोकप्रियता बढ्दै जानुले उनको जित कसैले रोक्न नसक्ने त्यहाँका मतदाताहरु बताउँछन् ।

Advertisement

अहिले देशले नै परिवर्तन खोजिरहेका बेला यहाँ स्वतन्त्र उम्मेद्वार सिंहको विकल्प नभएको बताउँदै मतदाताहरुले सिंहलाई विजयीको आशिर्वाद दिँदै फुल माला लगाइदिएका थिए ।

अठराहका मतदाताको घरदैलोमा पुगेर स्वतन्त्र उम्मेद्वार सिंहले मंसिर ४ गतेको निर्वाचनमा आफूलाई लालटेन छापमा मतदान गरेर विजयी बनाउन आग्रह गरे ।

अहिले दलका नेताहरु विभिन्न प्रलोभन दिँदै गाउँगाउँ आउने हुँदा उनीहरुको चिप्ला कुरामा नफस्न र परिवर्तनका लागि साथ दिन मतदातासँग उनले आग्रह गरे ।

घरदैलोमा स्वस्फूर्त रुपमा महिला, बृद्ध, युवा लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *