वीरगञ्ज । पर्साको क्षेत्र नम्वर २ ९ख० मा लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रदेश सभा सदस्यका उम्मेद्वार रमेश प्रसाद कुर्मीलाई वीरगञ्ज महानगर वडा नम्वर १ सिसोबारीका मतदाताले लखेटेका छन् ।
घरदैलो गर्दै पुगेका कुर्मीलाई स्थानीयले यस अघि काम गर्दा कमिसन लिएकाले मत नदिने भन्दै लखेटेका हुन् ।
घरदैलोमा पुगेका कुर्मीलाई स्थानीय आस मियाँ धोविले आफूले दिएको कमिशन फिर्ता दिन माग गरेपछि विवाद भएको थियो ।
विवाद पछि स्थानीयले कुर्मीलाई सिसोबारीबाट लखेटेको स्थानीयले बताएका छन् ।
यस अघि निर्वाचित भएका कुर्मीले संसदीय विकास कोषको रकममा ठूलो कमिशन लिएर मात्रै काम गर्ने गरेका थिए ।
कमिशन खोरीलाई अहिले नै हो तह लगाउने भन्दै सिसोबारीका मतदाताले कुर्मीलाई आफ्नो ठाउँमा आउन नपर्ने भन्दै लखेटेको स्थानीय बताउँछन् ।



